कप्तान पदबाट टिम साउथीको राजीनामा, टम लाथमले पाए जिम्मेवारी
काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर टिम साउथीले टेस्ट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । टेस्ट क्रिकेटमा श्रीलंकासँग पराजित भएको केही समयपछि नै साउथीले कप्तानको जिम्मेबारी त्याग्ने निर्णय लिएका हुन् ।
३५ वर्षीय साउथीले पदबाट राजीनामा दिएपछि न्युजिल्यान्ड क्रिकेट बोर्डले टम लाथमलाई टेस्ट टोलीको कप्तान बनाउने निर्णय गरेको छ । साउथीको कप्तानीमा न्युजिल्यान्डले १४ वटा टेस्टमा सहभागिता जनाएको थियो । त्यसमध्ये न्युजिल्यान्ड ६ टेस्टमा विजयी र ६ वटा टेस्टमा पराजित भएको थियो । बाँकी दुई टेस्ट भने अनिर्णित रुपमा सकिएको थियो । सन् २०२२ मा केन विलियम्सनले जिम्मेवारी छाडेपछि साउथीलाई टेस्ट टोलीको कप्तान बनाइएको थियो ।
सेप्टेम्बरमा साउथीकै कप्तानीमा न्युजिल्यान्डले श्रीलंकासँग उसैको घरेलु मैदानमा दुईवटा टेस्टको शृंखला खेलेको थियो । तर, ती दुबै टेस्टमा न्युजिल्यान्डले नमिठो हार भोगेको थियो । पहिलो टेस्टमा न्युजिल्यान्ड ६३ रनले पराजित भएको थियो ।
यसैगरी, दोस्रो टेस्टमा पनि श्रीलंकाले न्युजिल्यान्डलाई एक पाली र एक सय ५४ रनको विशाल अन्तरले हराएको थियो । त्यो हारपछि साउथीको ब्यापक आलोचना भएको थियो । त्यसअघि भारतमा हुने भनिएको न्युजिल्यान्ड र अफगानिस्तानबिचको एकमात्र टेस्ट भने वर्षाका कारण रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण