अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वेट्टैयन’ को ट्रेलर रिलिज
हैदराबाद । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वेट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् ।
यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए ।
२ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छन्। ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्सन स्टाइलमा गुण्डालाई पिट्दै देखिएका छन् ।
उनीहरुका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोरजस्ता कलाकार पनि देखिएका छन् ।
यो फिल्म अमिताभ बच्चनको ८२ औँ जन्मदिनको एक दिन अगाडि १० अक्टोबरमा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ। फिल्मलाई टीजे गानानवेलले निर्देशन गरेका हुन् ।
‘वेट्टैयन’ बाहेक अमिताभ ‘आँख मिचौली २’ मा देखिनेछन् । यसबाहेक रजनीकान्तसँग ‘कुली’ नामको फिल्म पनि छ । यो सन् २०२५ मा रिलीज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण