महिला टी–२० विश्वकपमा पहिलोपटक ‘स्मार्ट रिप्ले सिस्टम’
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करण बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो विश्वकपमा पहिलो पटक ‘स्मार्ट रिप्ले सिस्टम’ लागू गर्ने भएको छ । ‘स्मार्ट रिप्ले सिस्टम’ को प्रयोगले अम्पायरहरुलाई निष्पक्ष निर्णय लिन सहयोग पुग्ने आईसीसीको विश्वास छ ।
आईसीसीका अनुसार, ‘स्मार्ट रिप्ले सिस्टम’ का लागि मैदानमा २८ वटा क्यामराको प्रयोग गरिने छ । यी क्यामराको मद्दतले प्रत्येक क्षणको सुक्ष्म तरिकाले अध्ययन गर्न सकिने छ । ‘स्मार्ट रिप्ले सिस्टम’ को प्रयोग यसअघि इन्डियन प्रिमियर लिग र दी हन्ड्रेड प्रतियोगितामा भने गरिसकिएको छ ।
आईसीसीद्वारा आयोजना हुने प्रतियोगितामा भने पहिलोपटक यो प्रविधि प्रयोग गर्न लागिएको हो । ‘यो प्रविधिमा हरेक खेलका क्रममा २८ वटा क्यामरा प्रयोगमा ल्याइने छ । अम्पायरले खेलको हरेक क्षणलाई सुक्ष्म तरिकाले अध्ययन गरेर निर्णय दिन पाउने छन्,’ आईसीसीले भनेको छ ।
‘स्मार्ट रिप्ले सिस्टम’ का हरेक फुटेजमा टेलिभिजन अम्पायरको सहज पहुँच रहने छ । दुईजना अपरेटर हरक्षण टेलिभिजन अम्पायरसँग रहने छन् । ‘स्मार्ट रिप्ले सिस्टम’ लागू भएपछि अम्पायरलाई खासगरी स्टम्पिङ, रन आउटजस्ता जटिल क्षणमा निर्णय लिन सहज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण