रेस थ्रीको ट्रेलर लञ्चिङ कार्यक्रममा सहकर्मीद्वार सलमानको वाहवाही
सलमान खानको फिल्म ‘रेस थ्री’ को ट्रेलर लञ्चको कार्यक्रम जुहुमा आयोजना गरियो । कार्यक्रममा फिल्मका स्टारकास्ट सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला उपस्थित थिए ।
ट्रेलर लञ्च कार्यक्रमम सलमानले बबी देओललाई बडी देओल बताएका छन् । उनले भने, ‘बबी देओल अब बडी देओल बनिसकेका छन् ।’ बबीले यसको जवाफमा सलमानलाई भने, ‘मामु मेरा लागि एक फरिस्ता हुन् । उनले ममाथि विश्वास गरे ।’
कार्यक्रममा ज्याकलिन फर्नान्डिसले सलमानको तारिफ गर्दै भनिन्, ‘म सलमान खानप्रति निकै ऋणी छु । किक मेरो करियरको टर्निङ पोइन्ट साबित भएको थियो ।’
फिल्मबारे कुरा गर्दै सलमानले भने, ‘समयको कमीका कारण रेस र रेस टु हेर्न पाएको छैन तर यो राम्रै रह्यो । रेस थ्रीमा मैले आफ्नो इनपुट हालेको छु ।’
रेस थ्री यसै वर्ष इदमा रिलिज हुनेछ । फिल्मलाई नायक रेमो डिसुजाले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण