हालान्डले तोडे ९० वर्ष पुरानो कीर्तिमान
ओस्लो । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड मात्र २४ वर्षको उमेरमा नर्वेका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । नेसन्स लिगमा स्लोभेनियालाई हराउने क्रममा दुई गोल गर्दै हालान्डले सो कीर्तिमान बनेका हुन् ।
खेलको सातौँ मिनेटमा गोल गर्दै १९२० र ३० औँ दशकमा खेलेका योर्गन युभेको ३३ गोलको कीर्तिमान बराबरी गरेका हालान्डले ६२ औँ मिनेटमा अर्को गोल थप्दै नयाँ कीर्तिमान बनाउन सफल भए ।
नर्वेका लागि सन् २०१९ मा डेब्यू गरेका हालान्डलाई यो कीर्तिमान भंग गर्न मात्र ३६ खेल लाग्यो । युभेले सुरुवाती २७ खेलमा सो कीर्तिमान बनाएका थिए । पछि उनी सेन्टर ब्याक भएर खेलेका थिए । ४५ खेल खेलेका उनले त्यसपछि थप गोल गर्न सकेनन् । फुटबलबाट सन्न्यास लिएपछि उनी पत्रकार बनेका थिए ।
९० वर्षपछि बल्ल उनको कीर्तिमान कसैले तोड्न सफल भएको छ । नर्वेको जितमा अर्को गोल एलेक्सान्डर सोरलोथले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण