‘लुट’का निर्माता : छापाखानालाई पैसा छाप्ने आदेश दिन्थे, कर्मचारीमार्फत बजार पठाउँथे !
काठमाडौं । ‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म हो ‘लुट’ । नेपाली सिने जगतमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको छ ।
‘प्रिन्सेस मूभिज प्रा.लि.’ को ब्यानरमा लुट–२, छड्के र रेशम फिलिली जस्ता चर्चित फिल्म निर्माण गरेका वाग्लले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत बजारमा सप्लाई गर्ने गरेको पाइएको छ ।
मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुमधुर क्याफेमा वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान छिरेका थिए । खाजा बापत उनले तिरेको पैसा नक्कली भएको आशंकामा खाजा घरका सञ्चालक महानगरीय प्रहरी प्रभाग गोंगबु पुगेपछि फिल्म निर्माताको नक्कली नोट छाप्ने धन्दा बाहिरिएको हो ।
‘महेन्द्र बोगटीलाई खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली रुपैयाँ बरामद भयो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘फिल्म निर्माता माधवराज वाग्लेले काठमाडौंका भोलेबाबा र नवज्योती प्रिन्टिङ प्रेसमा यसरी नक्कली रुपैयाँ छाप्न दिएको खुल्न आएको छ ।’
महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले लुटका निर्माता वाग्लेसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, महेन्द्र बोगटी र विकेश नापित रहेका छन् ।

महेन्द्र बोगटीको सूचनाको आधारमा प्रहरीले सिन्धुली स्थायी घर भएर ललितपुर बस्दै आएका २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङलाई नियन्त्रणमा लिएको थियो । निजहरुको कोठा खानतलासी गर्दा ७ लाख ४३ हजार नक्कली रुपैयाँ बरामद भएको एसएसपी पोखरेलले बताएका छन् ।
बुधवार बिहान प्रहरी टोली माधवराज वाग्लेको कोठामा पुगेको थियो । काठमाडौं महानगरपालिका–१ चारढुंगेस्थित वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । सुजित तामाङ, साजन तामाङ र महेन्द्र बोगटी फिल्म निर्माता वाग्लेका कर्मचारी हुन् । वाग्लेले तिनै कर्मचारीमार्फत नक्कली रुपैयाँ बजारमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
वाग्लेका कर्मचारीहरुले सक्कली रुपैयाँमा मिसाएर, होटल रेष्टुरेण्टमा, लागु औषध कारोबारी र यौनकर्मीहरुमार्फत नक्कली रुपैयाँ बजार पठाउने गरेको काठमाडौं प्रहरीले जनाएको छ । वाग्लले उक्त नक्कली रुपैयाँ ‘फिल्म निर्माणको प्रायोजनार्थ’ छाप्न लगाएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीका अनुसार वाग्लेले बागबजारमा रहेको नवज्योती प्रिन्टिङ प्रेस र भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालकलाई छाप्न दिएका थिए । छापाखानाबाट प्रहरीले नक्कली नोट छाप्ने ८ थान मेटल प्लेटसहित प्रेस सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
यसरी नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना र १० बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण