अजय देवगनको हेलिकोप्टर दुर्घटना ? यस्तो छ वास्तविकता
मंगलबार बेलुका सोसल साइटमा बलिउड नायक अजय देवगनको हेलिकोप्टर दुर्घटना भएको खबरले निकै तहल्का मच्चायो । अजय चढेको हेलिकोप्टर महाराष्ट्रको महाबलेश्वरमा दुर्घटना भएको बताइएको थियो ।
यहाँसम्म कि उनलाई चोट लागेको फोटो पनि सार्वजनिक भए । यद्यपी, यी सबै खबर मात्र एक अफवाह भएको भारतीय समाचार माध्यमले दाबी गरेका छन् । उनका सार्वजनिक भएका तस्बिरलाई पनि फेक बताइएको छ ।
उनको कुनै दुर्घटना नभएको र पूर्ण रुपमा सुरक्षित भएको स्रोतले जानकारी दिएको छ । महाबलेश्वरका स्थानीय पुलिसले अजय देवगनको दुर्घटना नभएको पुष्टि गरेका छन् ।
पुलिसले भने, ‘ह्वाट्सएपमा भाइरल भइरहेको अजय देवगनको दुर्घटनाको खबर पूर्ण रुपमा फर्जी हो ।’
मेसेज कहाँबाट फैलियो भन्ने बारे अनुसन्धान थालिएको पुलिसले बताएको छ ।
महाबलेश्वर थानाका वरिष्ठ अधिकारीले भने, ‘अजय देवगनको यदि दुर्घटना भएको हो भने यसबारे सबैभन्दा पहिले हामीलाई थाहा हुनु पर्दथ्यो । सोसल मिडियामा खबर पछि हामीले अनुसन्धान थाल्यौं । पछि थाहा भयो, दुर्घटनाबारेको खबर पूर्ण रुपमा फर्जी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण