प्रहरी सङ्गठनलाई रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
रुपन्देही । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रूपान्तरणको आवश्यकता रहेको औँल्याएका हुन् ।
“अपराधका घटनाहरू वृद्धि भएका छन् । चुनौतीहरू थपिएका छन् । हाम्रो प्रहरी सङ्गठन बदलिँदो परिवेशअनुसार आफूलाई पनि रूपान्तरण गरेर जनहितको रक्षाका निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्नेछ”, मुख्यमन्त्री आचार्यले भने, “प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढ्दो अपराधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । बदलिँदो परिवेशअनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।” अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उच्चो बनेको मुख्यमन्त्री आचार्यले बताए ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलगायत काममा प्रहरीले सफलता प्राप्त गरेको बताए । अपराधको प्रकृति फेरिँदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको बताए ।
सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रहरी तालिम केन्द्रका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ र प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेशमा अपराध नियन्त्रणलगायत कार्यमा प्रहरीको सक्रियताका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण