विवाहको २२ वर्षपछि डिभोर्स गरेका हिमेश दोस्री श्रीमतीसँग दुबईमा हनिमुन मनाउँदै
म्यूजिक डाइरेक्टर र गायक हिमेश रेशमिया आजकाल दुबईमा श्रीमती सोनिया कपूरसँग हनिमून मनाइरहेका छन् । उनले आफ्नो इन्स्टाग्राममा सोनियासँगको फोटो सेयर गरेका छन् जसमा दुबैले निकै रोमान्टिक पोज दिएको देख्न सकिन्छ ।
हिमेशले मे ११ तारिखमा आफ्नो मुम्बईस्थित घरमा सोनियासँग निकै गोप्य तरिकाले दोस्रो विवाह गरेका हुन् जसमा विशेष व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो ।
सोनिया कपुर टेलिभिजन नायिका हुन् । उनी अहिलेसम्म ‘किटी पार्टी’, ‘आ गले लग जा’, ‘पियाका घर’, ‘कभी कभी’, ‘कुसुम’, ‘सती’, ‘रिमिक्स’, ‘केसा ए प्यार’जस्ता कार्यक्रममा देखिएकी छिन् ।
उनले किट्टी पार्टी सिरियलमा रुकसानाको भूमिका निभाएकी जुन अहिलेपनि मानिसहरु याद गर्छन् ।
सोनियाले आफ्नो करियरको सुरुवात मुम्बईको एक फाइनान्स कम्पनीमा सेक्रेटरीको रुपमा गरिन् । टिभीमा उनको पहिलो सिरियल ‘औरत’ थियो ।
हिमेश र सोनियाको सम्बन्धले सन् २००६ मा मिडियामा निकै चर्चा बटुलेको थियो । स्मरण रहोस्, विवाहअघि यो जोडी करिब १० वर्षसम्म लिभ इनमा बसेका थिए ।
पहिलो विवाहको २२ वर्षपछि सम्बन्धविच्छेदः
हिमेशले सन् १९९४ मा कोमलसँग पहिलो विवाह गरेका थिए । सन् २००५ देखि नै यो जोडी अलग बस्दै आएको थियो । हिमेशको सोनियासँगको विवाहेत्तर सम्बन्धका कारण यी दुई अलग बस्न थालेको बताइयो ।
पछि आपसी सहमतीमा यो जोडीले मुम्बईको बान्द्रा फ्यामिली कोर्टमा डिसेम्बर २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिए र सन् २०१७ को जून अर्थात् २२ वर्ष पछि यी दुईको सम्बन्धविच्छेद भयो ।
दुबैका स्वयं नामका एक छोरा छन् । हिमेश र कोमल स्वयंका को–पेरेन्ट्स हुन् ।
सम्बन्धविच्छेद पछि पनि कोमल हिमेश बस्ने बिल्डिङमा नै बसिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण