चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरू आन्दोलित
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ०९
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले बिहीबार आन्दोलन गरेका छन् । चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले ब्यानरसहित आन्दोलन गरेका हुन् ।
आन्दोलनमा उनीहरूले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीहरूले आन्दोलनमा ईन्टर्नरसिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको ब्यानर देखाएर आन्दोलन गरेका हुन् ।
आन्दोलनमा विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढी पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण