चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरू आन्दोलित
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ०९

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले बिहीबार आन्दोलन गरेका छन् । चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले ब्यानरसहित आन्दोलन गरेका हुन् ।
आन्दोलनमा उनीहरूले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीहरूले आन्दोलनमा ईन्टर्नरसिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको ब्यानर देखाएर आन्दोलन गरेका हुन् ।
आन्दोलनमा विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढी पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले