कालो हरिण मुद्दाबारे प्रश्न सोध्दा सलमानको प्रतिप्रश्नः ‘के सोच्नुभएको थियो ? के म सधैंका लागि जेलमा बस्नेछु ?’
बलिउड नायक सलमान खानले कालो हरिण मुद्दाबारे पहिलो पटक मुख फोरेका छन् । उनलाई बहुप्रतिक्षित फिल्म ‘रेस थ्री’ को ट्रेलर लञ्चिङ कार्यक्रममा यसबारे सोधिएको हो ।
यद्यपी, पत्रकारले आफ्नो प्रश्न टुङ्ग्याउन नपाउँदै कार्यक्रम प्रस्तोताले बीचमा नै रोकेर भने, ‘जोधपुर मुद्दा र कर्नाटक चुनावका प्रश्नहरु सोध्न पाइने छैन ।’
आफ्नो प्रश्न रेस थ्रीसँग सम्बन्धित भएको बताएपछि, उनलाई प्रश्न टुङ्ग्याउन अनुमती दिइयो ।
मंगलबार आयोजित उक्त कार्यक्रममा एक पत्रकारले उनलाई सोधे, ‘के ब्ल्याक बक मुद्दामा जेल परेपछि तपाईंमाथि लगानी भएको करोडौं रुपैयाँबारे चिन्ता लागेको थियो ? ’
जवाफमा सलमानले भने, ‘तपाईंले के सोच्नुभएको थियो ? के म सधैंका लागि जेलमा नै बस्नेछु ?’
भारतीय संचार माध्यमका अनुसार सलमानको प्रश्नको जवाफमा ती पत्रकारले ‘होइन’ भनेपछि उनले ‘धन्यवाद’ भनेका थिए ।
स्मरण रहोस्, सलमानलाई २० वर्ष पुरानो कालो हरिण शिकार मामलामा जोधपुर कोर्टले पाँच वर्षको सजायँ सुनाएको थियो । त्यसपछि सलमान जेल जानु परेको थियो । यद्यपी, उनले दुई दिनपछि नै जमानत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण