आर्सनलको अपराजित यात्रामा पूर्णविराम, युनाइटेडको पुनरागमन
लण्डन । १० खेलाडीमा सीमित बनेको आर्सनल एफसी बोर्नेमाउथसँग २–० ले स्तब्ध बनेको छ । योसँगै प्रिमियर लिगमा टोलीको अपराजित यात्रामा पूर्ण विराम लागेको हो ।
खेलको ३० औँ मिनेटमा फ्रेन्च खेलाडी विलियम सालिबाले रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो । करियरमा उनको यो पहिलो रातो कार्ड पनि थियो ।
दोस्रो हाफको ७० औँ मिनेटमा रायन क्रिस्टीले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि गोलकिपर डेभिन रायाले इमानिल्सनलाई लडाएपछि बोर्नेमाउथले पेनाल्टी पायो जसलाई जस्टिन कुलाइभर्टले सजिलै गोलमा परिणत गरे ।
उता, शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै घरेलु मैदानमा ब्रेन्टफर्टलाई हराएको छ ।
पहिलो हाफको इन्जुरी समयमा इथन पिनोकको विवादास्पद गोलको मद्दतले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एलेहान्द्रो ग्रानाचोले प्रिमियर लिगमा टोलीको ३ सय १६ मिनेटको गोलको खडेरी अन्त्य गर्दै खेल बराबरी गरे ।
६२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रासमस होइलन्डले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए ।
यसैगरी, अन्य खेलमा टोटनह्याम हटस्पर्सले वेस्ट ह्याम युनाइटेडलाई ४–१ गोलले हरायो भने न्युक्यासल भने ब्राइटनसँग ०–१ गोलले स्तब्ध बन्यो । लेस्टर सिटीले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ ।
८ खेलपछि आर्सनल १७ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । स्पर्स १३ अङ्क बटुल्दै सातौँ स्थानमा छ भने ११ अङ्क रहेको युनाइटेड ११ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण