लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरले बुझायो ज्ञापनपत्र
आइतबार, ०४ कात्तिक २०८१, १३ : १५
काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरले माग गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।
रास्वपा भक्तपुरले लामिछाने सहकारीको रकम अपचनमा संलग्न भएको जिकिर गरेको छ । संयोजक बस्नतेले सहकारी ठगीमा संलग्न आरोप लागेका धनराज गुरुङ र ऋषिकेश पोखरेललाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण