सोफियाले फोटो सेयर गर्दै भनिन्, ‘बच्चा गुमाएपछि शरिर यस्तो भयो’
बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात श्रीमान् भ्लाद स्ट्यान्स्यूसँग अलग्गिसकेकी छिन् । अप्रिलको अन्तिम हप्तामा यी दुई अलग्गिएको खबर सार्वजनिक भएको थियो । त्यतिबेला आफूले बच्चासमेत गुमाएको सोफियाले जानकारी दिएकी थिइन् । उनले बच्चा गुमाउनुको पीडा सोसल मिडियामा बारम्बार बयान गर्ने गर्छिन् । यस्तैमा उनले बिहिबार इन्टाग्राममा एउटा फोटो सेयर गरेर ‘बच्चा गुमाएपछिको आफ्नो शरिर’ भन्दै क्याप्सन लेखेकी छिन् ।
सेतो रङको भित्रि वस्त्र र सेतै पाइन्ट लगाएको उक्त फोटोमा उनले लेखेकी छिन्, ‘गर्भमा भएको बच्चा गुमाएपछिको मेरो शरिर । मेरो सुन्दर शरिरले जे भोग्यो त्यसका लागि म यसलाई निकै माया गर्छु... त्यसपछि बच्चा गुमाउनु र कहिले नभएको सेपमा आउनु....यस्तो सेप मैले बच्चा गुमाएपछि पाएकी हुँ भन्ने पनि सम्झन्छु । तर अझैपनि म यसलाई माया गर्छु । साँच्चै गर्छु । किनभने मेरो शरिरले मेरा लागि दैनिक धेरै नै काम गरेको छ ।’
सोफियाले श्रीमानलाई शैतान भनेर घरबाट निकालिदिएको बताएकी छिन् । उनका श्रीमानले झुटो बोलेको पनि उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण