ग्यालेक्सी एस२४ एफईको लन्च, मूल्य ९४ हजार ९९९ रुपैयाँ
काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्फत प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिने कम्पनीको भनाइ छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट रहेका बताइएको छ ।
ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रङ्गहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मूल्य रु.९४ हजार ९९९ बाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ०% ब्याज दरमा रु.४,७५० महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस्तै रु.३,००० सम्मको विशेष बोनस सहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण