इरानको आणविक र तेल साइटहरूबाट टाढा रहन इजरायललाई बाइडेनको चेतावनी

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् । जाे बाइडेन प्रशासनले भनेको छ– ‘इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ ।’
तर, इरानको आणविक स्थलमा आक्रमण गरेमा इजरायलको समर्थन नगर्ने बाइडेनले बताएका छन् । इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने विश्वास बाइडेनको छ ।
यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डाबाट टाढा रहन चेतावनी दिएको छ । बाइडेनले यसअघि अक्टोबर ४ मा दिएको वक्तव्यमा पनि आफू इजरायलको ठाउँमा भएको भए इरानी तेल क्षेत्रमाथि आक्रमण गर्नुको सट्टा अन्य विकल्प सोच्ने बताएका थिए । अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।
वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एक पटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।
‘इजरायल र इरानबिचको प्रत्यक्ष गोलीबारी बन्द गर्नुपर्छ । हामी लेबनानमा युद्ध अन्त्य गर्न र गाजामा युद्धविराम अनि इजरायली बन्धकहरूलाई फिर्ता गर्ने प्रयासलाई अगाडि बढाउन वार्ताको नेतृत्व गर्न तयार छौँ’ अमेरिकी अधिकारीहरूले आफ्नो बयानमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण