घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
सोमबार, १२ कात्तिक २०८१, १४ : ५७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण