पटनामा निर्माणाधीन मेट्रो सुरुङमा दुर्घटना : २ को मृत्यु, ६ घाइते
पटना । बिहारको राजधानी पटनामा निर्माणाधीन मेट्रो सुरुङमा सोमबार राति माटो हटाउन प्रयोग गरिएको लोको मेसिनको ब्रेक फेल हुँदा दुई मजदुरको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन् ।
घटनामा मनोज बेरा र विजय बेरा नाम गरेका दुई मजदुरको मृत्यु भएको र उनीहरू दुबै ओडिशाका बासिन्दा भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको बताइएको छ । घाइतेमा केही मजदुरहरू बिहारको जमुईका र केही ओडिशाको कटकका भएको बताइएको छ ।
पटना साइन्स कलेज नजिकै निर्माणाधीन सुरुङ नजिक यो दुर्घटना भएको हो । यो दुर्घटना राति १० बजे सुरुङ नम्बर एक नजिक भएको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ । पटनामा मेट्रो निर्माणको काम तीव्र गतिमा भइरहेको छ । यस वर्षको जुन महिनामा राज्य सरकारले मुजफ्फरपुर, गया, दरभंगा र भागलपुरमा मेट्रो चलाउन सैद्धान्तिक स्वीकृति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण