तीन महिनामा शिक्षा मन्त्रालयले पुँजीगततर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो तीन महिनामा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको प्रगति विवरणमा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको देखिएको छ ।
मन्त्रालयको लागि मात्रै चालु आर्थिक वर्षको वार्षिक बजेट चालुतर्फ ५९ करोड ६९ लाख रहेको छ । त्यस्तै पुँजीगत तर्फ २ करोड २२ लाख गरी कुल ६१ करोड ९२ लाख रुपैयाँ बजेट रहेको छ ।
जसमध्ये साउनदेखि असोज मसान्तसम्म चालुतर्फ २९.७१ प्रतिशत र पुँजीगत तर्फ शून्य प्रतिशत खर्च भएको हो । वार्षिक बजेटको तुलनामा चालूतर्फ ९.१६ प्रतिशत खर्च हुँदा पुँजीगतर्फ भने शून्य प्रतिशत खर्च भएको हो ।
मन्त्रालयका सूचना अधिकारी नारायण प्रसाद पोखरेलका अनुसार उक्त बजेट मन्त्रालयकै मात्र भएकाले अहिले खर्च नदेखिएको हो ।
मन्त्रालयको चालुतर्फ कम्प्युटर खरिद, ल्यापटप खरिद, मर्मत सम्भार लगायतका कामका लागि खर्च गरिन्छ । तर, मन्त्रालयले पछिल्लो तीन महिनामा त्यस्ता कुनै पनि सामान खरिद नगरेको देखिएको हो ।
हरेक सार्वजनिक निकायले प्रत्येक तीन महिनामा आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा मन्त्रालयले आफ्नो मन्त्रालयको मात्रै प्रगति विवरण सार्वजनिक गर्दै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
-
पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
-
के कारणले बिरामी भइरहेका छन् बालबालिका ?
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा