चाडपर्वमा पशुलाई चिल्लो खानेकुरा दिँदा पेट ढाडिने समस्या हुन्छ : नार्क
बुधबार, १४ कात्तिक २०८१, १४ : ५९
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुने जनाएको छ ।
नार्कले एक सूचना जारी गर्दै चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुनसक्ने जनाएको हो । त्यस्ता खानेकुरा पशुलाई सकभर नदिन र दिनैपरेमा राम्ररी पकाएर घाँस, पराल २ भाग र उक्त चिल्लो खानेकुरा १ भागको अनुपात मिलाएर खुवाउन सुझाएको छ ।
यस्तै, पशुवस्तुलाई खुवाउने पराल र दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नुका साथै चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुन सक्ने जनाएको छ । ढुसीको संक्रमण भएको दाना वा पराल पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु मर्न सक्ने नार्कले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण