दीपिका र रणवीरले खुलाए छोरीको नाम
शनिबार, १७ कात्तिक २०८१, १८ : ४२
मुम्बई । बलिउड दम्पती दीपिका पादुकोण र रणवीर सिंहको सेप्टेम्बर ८ मा छोरीको जन्म भएको थियो। करिब २ महिनापछि यो जोडीले आफ्नो छोरीको नाम फ्यानसामु खुलाएका छन् ।
छोरीको जन्मको समयमा, यो जोडीले इन्स्टाग्राममा एक स्टोरी सेयर गरेर यसको घोषणा गरेका थिए । अब दुबैले इन्स्टाग्रामबाटै छोरीको बारेमा ठूलो जानकारी दिएका हुन्।
दिपावलीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले पनि छोरीको नाम र यसकोअर्थ खुलाएका छन् । स्टार जोडीले आफ्नो छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेका छन्।
रणवीर र दीपिकाले आफ्नो पोस्टमा दुआको अर्थ खुलाउँदै लेखेका छन्- दुआ भनेको प्रार्थना हो, किनकि यो हाम्रो प्रार्थनाको जवाफ हो। दीपिका र रणवीरले पहिलो पटक आफ्नी छोरीसँग दीपावली मनाएका छन् । दम्पतीले छोरीको खुट्टाको फोटो अपलोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण