अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा बोलाए ट्रम्पलाई
बिहीबार, २२ कात्तिक २०८१, १२ : ०८
वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएका छन् । ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भए पनि केही औपचारिक प्रक्रिया पूरा गरी आगामी जनवरी २० देखि सत्ता सम्हाल्दैछन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिनका लागि फोन गरेको बताइएको छ । साथै ट्रम्पलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न बाइडेनले ह्वाइट हाउसमा बोलाएको ट्रम्प अभियानका प्रवक्ता स्वीवन चाङ्गले जनाएका छन् ।
‘ट्रम्प बैठकको प्रतीक्षा गरिरहनुभएको छ, जो चाँडै नै हुनेछ । उहाँले बाइडेनको बोलावटलाई प्रशंसा गर्नुभएको छ ।’
अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार राष्ट्रपतिले सामान्य रुपमा नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्दछन् । तर ट्रम्पले सन् २०२० मा आफू पराजित भएपछि यो परम्परा तोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण