आमिरको महाभारतमा, सलमान कृष्ण ?
आमिर खानको ड्रिम प्रोजेक्ट फिल्म ‘महाभारत’ मा सलमानले कृष्णको भूमिका निभाउन सक्ने भारतीय मिडियामा प्रकाशित विभिन्न रिपोर्टले बताएको छ ।
खानका नीजि श्रोतका अनुसार सलमान खान आमिर खानले बनाउन लागेको महाभारत फिल्ममा अभिनयका लागि इच्छुक छन् ।
फ्रि प्रेस जर्नल डट कम भन्छ, ‘सलमान महाभारतको आफ्नै संस्करण बनाउन चाहन्थे तर जब उनले आमिरले यसमाथि काम गरिरहेको भन्ने थाहा पाए तब उनले आफू पनि यसमा इच्छुक भएको बताए । आमिरले सलमानलाई कृष्णको भूमिका निभाउनेबारे कुरा गरिरहेका छन् ।’
फिल्ममा आमिरलाई कर्णको भूमिकामा देख्न सकिने बताइएको छ । यद्यपी, अहिले यसबारे कुनै आधिकारीक घोषणा भने भइसकेको छैन । स्रोतका अनुसार फिल्ममा द्रोपदीको भूमिकाका लागि दीपिका पादुकोण र सना शेखलाई अप्रोच गरिरहेका छन् । फिल्मको कहानी द्रोपदीको दृष्टिकोणबाट बताइनेछ ।
यस्तै, अमिताभ बच्चनले धृतराष्ट्रको भूमिका निभाउन सक्ने सम्भावना पनि देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण