पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता
बिहीबार, २९ कात्तिक २०८१, ११ : १९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरे ।
राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण