बाकुमा रहँदा के-के गरे राष्ट्रपतिले ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गरेका छन् ।
राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो ।
राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए ।
राष्ट्रपति पौडेलको अजरवैजान भ्रमणबारे परराष्ट्रमन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत १२ नोभेम्बरमा सम्मेलनलाई सम्बोधन गरेको प्रवक्ता राईले जानकारी दिए । सम्बोधनका क्रममा नेपालले कार्वन उत्सर्जनमा नगण्य योगदान गरेको भएपनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको बताएको राईले बताए । सोही कारण नेपाल जलवायुजन्य विपतमा परेको विषय समेत राष्ट्रपति पौडेलले उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण