केएमसीमा अब बच्चाहरूका लागि सुपर स्पेसियालिटी सेवा
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा अब बच्चाहरूका लागि सुपर स्पेसियालिटी सेवा सुरु भएको छ ।
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा सुनिल शर्मा नेतृत्वको उक्त मेडिकल कलेजले मंसिर एक गतेदेखि १६ वर्ष मुनिका बालबच्चाहरूका लागि विशेषज्ञ सेवा सहित आधा दर्जन डिएम एमसीएच चिकित्सकहरूले सेवा सुरु गरेको हो ।
आधा दर्जन बढी पेडियाक्ट्रीक एमबिएच चिकित्सकहरूको सहभागीतामा पेडियाक्ट्रीक क्रीटिकल केयर अन्तर्गत पिआईसीयु, एचडियू, एनआईसियू सहित अत्याधुनिक उपकरणका साथमा नवजात शिशु विशेषज्ञहरूले २४ सै घन्टा सघन निगरानी, स्वासप्रश्वास सम्बन्धि सम्पूर्ण सेवाका साथै न्युरो क्रीटिकल केयर, मुटुका बिरामीका लागि विशेष सेवा, छारेरोग, टाउकोमा लागेको चोटपटक, अचेत बाल बच्चाको उपचार सेवाका साथै प्यारालाइसीस भएका बच्चाहरूका लागि स्पेशल उपचार सेवा समेत न्युन शुल्कमा उपलब्ध हुनेछ ।
योसँगै पेडियाक्ट्रीक ग्याँस्ट्रोइन्टेरोलोजी अन्तर्गत बालबालिकाको पेट र कलेजो सम्बन्धि सेवाहरू उपलब्ध गराउँदै अत्याधुनिक मेडिकल उपकरणहरूद्वारा इन्डोस्कोपी, रोलोनोस्कोपी, इन्टरजेन्सको सेवा समेत उपलब्ध हुनेछ । पेडियाक्ट्रीक न्युरोलोजी अन्तर्गत छारे रोगको सम्पूर्ण जाँच र उपचार, सेरेब्रल पाल्सी, अटिजम, मस्तिष्कघात, प्यारालाइसिस जस्ता बिरामीहरूको एउटै छातामुनी मल्टीडिस्प्लिनरी उपचार सेवा उपलब्ध गराइरहेको छ ।
यो सँगै बालबालिकाहरूको हरेक किसिमका शल्यचिकित्साजन्य रोगहरूको उचित उपचार र निदान बाल शल्यचिकित्साजन्य एमसीएच प्याड्रीयाट्रीक सर्जनले सेवा प्रदान गर्नेछन् । यसका अलावा पेडियाट्रीक रेडिमोलोजी सेवा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । बालबालिकाको सम्पूर्ण रोगको उपचार भारतका विभिन्न प्रख्यात संस्थानहरूमा अध्ययन गरेका व्यवसायीक रूपमा निकै दक्ष सुपर स्पेसियालीटी डिम एमसीएच टिमबाट एउटै छातामुनी सेवा उपलब्ध रहेको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण