सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
वासिङ्टन डीसी । अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो इन–हाउस ब्राउजर लन्च गर्ने योजना बनाएको छ । द इन्फर्मेशनको रिपोर्टअनुसार यो ब्राउजर ओपनएआईको च्याटबटसँग एकीकृत हुनेछ, प्रयोगकर्ताहरूलाई अझ राम्रो र सही जवाफ दिनेछ । यो ब्राउजर जारी भए ओपनएआईले ७० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको गुगल क्रोमसँग सीधा टक्कर लिने बताइन्छ ।
ओपनएआईको प्लेटफर्ममा सर्चको साथमा ब्राउजिङ पनि
ओपनएआईले हालै आफ्नो खोज इन्जिन सर्चजीपीटी सुरु गरेको थियो । यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यसलाई गुगल जस्ता ठूला प्रविधि कम्पनीहरूसँग सिधैं प्रतिस्पर्धा गर्नेतर्फ तगडा प्रयासको रुपमा हेरिएको छ । ब्राउजर सुरु गरेपछि ओपनएआई थप बलियो हुनेछ । यसले ओपनएआईका प्रयोगकर्ताहरूलाई च्याटबट र एआईमा आधारित खोज दुवैको एकीकृत अनुभव दिनेछ ।
ओपनएआईले आफ्नो योजना अन्तर्गत विभिन्न एप डेभलपर र वेबसाइटको साथमा आफ्नो ब्राउजरको प्रोटोटाइप शेयर गरेको छ । यो नयाँ ब्राउजरको मुख्य फोकस गुगल क्रोमको भन्दा फरक र नयाँ अनुभव दिनु हो ।
गुगलका लागि चुनौतीपूर्ण समय
गुगलविरुद्ध अमेरिकको न्याय मन्त्रालयले मुद्दा चलाइरहेको छ । यसले ओपनएआईलाई निकै राम्रो अवसर दिएको छ । मन्त्रालयले हालै गुगललाई खोज बजारमा एकाधिकार कायम गरेको आरोप लगाउँदै कम्पनीलाई गुगल क्रोम ब्राउजर बेच्न सुझाव दिएको थियो ।
अमेरिकी ब्राउजर बजारको ५० प्रतिशत हिस्सा गुगल क्रोमको पोल्टामा छ । मन्त्रालयको मुद्दाले सर्च बजारमा गुगलको पकडलाई कमजोर बनाउन सक्छ । यसले ओपनएआईका लागि ठूलो अवसरहरू सिर्जना गर्ने निश्चितप्रायः छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण