बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ ।
विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिले लाइन नकाट्न निर्देशन दिएपछि प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाउन थालेका छन् । प्राधिकरण स्रोतका अनुसार उद्योगका सञ्चालकहरूको घर ठेगाना रेकी गर्ने काम भइरहेको छ । स्रोत भन्छ, ‘पहिचान भएपछि क्रमशः सबै सञ्चालकको घरमा लाइन काटिने छ ।'
प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम सञ्चालकहरूको घरको लाइन काट्ने निर्णय गरेको हो । जसमा 'बक्यौता महसुल असुलउपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था/कम्पनी) का सञ्चालकहरूको आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने' उल्लेख छ ।
बुधबार साँझ मात्रै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न धितोपत्र बोर्ड र कम्पनीको सेयर स्वामित्व हस्तान्तरण रोक्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण