इंग्ल्याण्डसँग घरेलु मैदानमा हार्यो न्युजिल्याण्ड
आइतबार, १६ मङ्सिर २०८१, १४ : १०
क्राइस्टचर्च । इंग्ल्याण्डले न्युजिल्याण्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । पहिलो टेस्टमा इंग्ल्याण्ड ८ विकेटले विजयी बनेको हो ।
१ सय ४ रनको झिनो लक्ष्य पाएको इंग्ल्याण्डले मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । ज्याकब बेथलले नटआउट रहँदै ५० रन बनाए । उनले ३७ बलमा ८ चौका र एक छक्का हिर्काए ।
त्यस्तै, बेन डकेटले १८ बलमा २७ रन तथा जो रुटले १५ बलमा २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरी र विल ओ’रोर्कले १–१ विकेट हात पारे ।
न्युजिल्याण्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले पहिलो ४ सय ९९ रन जोड्यो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्ड २ सय ५४ रनमा समेटिएको थियो ।
तीन खेलको शृङ्खलाको दोस्रो टेस्ट शुक्रबार वेलिङटनमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण