राप्रपाले खातै खोल्न सकेन
सोमबार, १७ मङ्सिर २०८१, १२ : १४
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लज्जास्पद मत पाएको छ ।
त्यसो त, २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेकामध्ये कुनै पनि स्थानमा उपनिर्वाचन भएको थिएन । तर पनि जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम मानिएको निर्वाचनमा यो पार्टीप्रति जनताको खासै उत्साह र भरोसा देखिएन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ । यहाँ राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । उनी पाँचौँ स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण