ट्रम्पका आलोचकहरूलाई माफी दिँदैछन् बाइडेन
वासिङटन डीसी । अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपतिका आलोचकहरूलाई अग्रिम–माफी दिनेबारे विचार गरिरहेका छन् । यस मामिलाबारे जानकार कयौँ स्रोतहरूले भनेको भन्दै सीबीएसले समाचार छापेको छ ।
आफूले पदभार सम्हालेपछि आफ्नो विरोध गर्नेहरूसँग बदला लिन्छु भनेर डोनाल्ड ट्रम्पले कसम खाएका थिए ।
ट्रम्पको कोपबाट जोगाउन बाइडेनले यो कदम चाल्न लागेको अनुमान गरिएको छ । बाइडेनले ह्वाइट हाउसका वरिष्ठ सहयोगीहरूसँग माफी जारी गर्ने सम्भावनामा छलफल गरेको भने पनि उनीसामु माफीका लागि विशेष नाम भने औपचारिक रुपमा सिफारिस नभएको बताइएको छ । बाइडेनले हालै मात्र कर छली र अवैध हतियार राखेको भन्दै आफ्नो छोरा हन्टर बाइडेनमाथि परेको अभियोगमा निशर्त माफी दिएका थिए ।
उनको यो कदमको रिपब्लिकन पार्टीबाट मात्रै होइन डेमोक्रेटिक पार्टीभित्रैबाट पनि व्यापक आलोचना भएको थियो । बाडेनले माफी दिन सक्नेमा डा. एन्थोनी फाउसी र क्यालिफोनिर्याबाट सिनेटरमा निर्वाचित भएका एडम शिफ समेतका नामको चर्चा चल्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण