एमएस नेपाल विजेता घिमिरेले सुरु गरिन् घरेलु हिंसा विरुद्ध अभियान
काठमाडौँ । ‘एमएस नेपाल २०२४’की विजेता रेश्मा घिमिरेले घरेलु हिंसाविरुद्ध जनचेतना जगाउने अभियान सुरु गरेकी छिन् । शिक्षण पेसामा आबद्ध रेश्माले मिनभवनस्थित एनके सिंह मेमोरियल इंगलिश प्रिपेरेटोरी सेकेन्डरी स्कुल (इपीएस)मा एक कार्यक्रम गर्दै अभियान घोषणा गरेकी हुन् ।
‘घरेलु हिंसा के हो र किन यसलाई न्यूनीकरण गर्नुपर्छ भन्ने आवाज उठाएरै म एमएस नेपालको विजेता भएको हो’, रेश्माले भनिन्, ‘यो जनचेतनामुलक अभियान निरन्तर छ ।’ घरेलु हिंसा महिलालाई मात्र नभई पुरुषहरूमाथि पनि हुने गरेको उनको तर्क छ ।
घर वा स्कुलमा बालबालिकाहरूलाई घरेलु हिंसाबारे ज्ञान दिनुपर्नेमा रेश्माले जोड दिइन् । यदि बालबालिकाहरू समयमै सचेत हुने हो भने समाजमा भइरहेका नकारात्मक र दुखद घटनाहरूमा कमी आउने उनले विश्वास व्यक्त गरिन् । जनचेतनाका कार्यक्रमहरू स्कुलदेखि नै गरिनुपर्ने उनको धारणा रहेको छ ।
त्यस्तै मिसेज नेपाल वर्ल्ड २०२४ की विजेता डाक्टर डेनिला कार्कीले सानो उमेरदेखि नै घरेलु हिंसाबारे सिकाउने हो भने प्रभावकारी हुने बताइन् । ‘ग्रामीण क्षेत्रमा अझै जनचेतना जगाउनुपर्छ । कानुन पनि बलियो बनाउनुपर्छ’, उनले अगाडि भनिन् ‘महिलाहरूले आफ्ना लागि आफै आवाज उठाउनु पर्छ ।’
कायक्रममा मिनभवनस्थित इपीएस स्कुलका विद्यार्थीहरूले उनीहरूको साथमा घरेलु हिंसाका घटनाहरू न्यूनीकरण गर्न विभिन्न प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण