जितविहीन लुम्बिनीको हारको शृङ्खला अन्त्य गर्ने चाहना
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पार्धा हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजेदेखि खेल खेलिनेछ ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स लगातार चार खेलमा चारै खेलमा हार बेहोर्ने एक मात्र टोली हो । टोली अङ्कविहीन बन्दै तालिकाको पुछारमा रहेको छ ।
लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । लुम्बिनी लायन्सका प्रमुख प्रशिक्षक नन्दन फड्निस हुन् ।
_AGPXcIL3UQ.jpg)
उता, चितवन भने आजको खेलमा जित हात पार्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहनेछ । टोलीले हालसम्म खेलेका ४ खेलमध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । ६ अङ्कसहित टोली नेट रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवन राइनोजका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण