जितविहीन लुम्बिनीको हारको शृङ्खला अन्त्य गर्ने चाहना

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पार्धा हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजेदेखि खेल खेलिनेछ ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स लगातार चार खेलमा चारै खेलमा हार बेहोर्ने एक मात्र टोली हो । टोली अङ्कविहीन बन्दै तालिकाको पुछारमा रहेको छ ।
लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । लुम्बिनी लायन्सका प्रमुख प्रशिक्षक नन्दन फड्निस हुन् ।
उता, चितवन भने आजको खेलमा जित हात पार्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहनेछ । टोलीले हालसम्म खेलेका ४ खेलमध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । ६ अङ्कसहित टोली नेट रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवन राइनोजका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन