नेपाली चलचित्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नुपर्छः प्रदीप खड्का
काठमाडौँ । अभिनेता प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्न जरुरी रहेको बताएका छन् । नेपाली चलचित्र क्षेत्र किराना पसल शैलीमा अगाडि बढिरहेको र व्यावसायिक हुन नसकेको उनको तर्क थियो ।
आइतबार ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदीप चलचित्र क्षेत्र पारिवारिक व्यापार समेत भएको बताए ।
‘जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ,’ उनले भने, ‘१० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।’ चलचित्रको प्रभाव र महत्वलाई बुझ्न नसक्दा नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको उनले गुनासो गरे ।
चलचित्र क्षेत्रको विकासका लागि ठुला व्यापारिक घरानाको प्रवेश हुनुपर्ने उनले धारणा राखे ।
चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार हुन नसकेको बताएका प्रदीपले कर्पोरेट व्यापार भयो भने फाइदा र घाटा हेरेर लगानी हुने फिल्म क्षेत्र माथि जाने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण