जन्मघर पुगे प्रधानमन्त्री ओली, सम्झिए बाल्यकाल
बुधबार, २६ मङ्सिर २०८१, २० : २७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मघर पुगेका छन् । बुधबार प्रधानमन्त्री ओली आफ्नो जन्मघर आठराई–४ ईबा तेह्रथुम पुगेका हुन् ।
पत्नी राधिका शाक्यका साथ जन्मघर पुगेका प्रधानमन्त्री ओलीले भाइ र बुहारीसँग घरको आँगनमा तस्बिर पनि खिचाए । तीन कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका बेला एकैछिन् जन्मघर पनि पुगेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘आज आफ्नै जन्मघर आठराई–४ ईबा तेह्रथुममा राधिका, म, बुहारी र भाइ । हामीले तीन कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका बेला एकैछिन् जन्मघर पनि पुगियो ।’
प्रधानमन्त्री ओलीले जन्मघर पुग्दा बाल्यकालको धेरै सम्झना आएको पनि उल्लेख गरेका छन् । धेरै साथीहरूसँग भेट भएकोमा खुसी लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण