व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको बताएका छन् । मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । तर व्यवस्था पनि बदलियो र अवस्था पनि बदलियो’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो निरपेक्ष गरिबीको रेखामुखी ४२ प्रतिशत जनता थिए । थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो ? पुराना मानिसले त देखेकै छ, हिजो ललितपुर कहाँ थियो काठमाडौँ कहाँ थियो कहाँ पुग्यो ?’
जनताको आम्दानीको स्तर र व्यवसायकोस्तर बढेपनि सबैले काम नपाएको अवस्था सत्य रहेको भन्दै प्रधानमन्त्रीले आम रूपमा देश र जनताको अवस्था हिजोकै जस्तो नभएको बताए । उनले उत्तरदायी र जिम्मेवार सरकार अहिले बनेको भन्दै पहिलाको जस्तै कर उठाउन मात्र यो सरकार नबनेको बताए ।
‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम’, उनले भने, ‘८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।’ उनले स्वास्थ्य बीमा व्यवस्थित बनाउने, सामाजिक सुरक्षाका क्षेत्रमा कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नदिन योगदानका आधारमा उक्त कार्यक्रम अघि बढिरहेको बताए ।
उनले तत्कालीन आर्थिक अवस्था नाजुक रहेकाले त्यसलाई सुधार गर्नेतिर सरकार लागिरहेको बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफू कठोर रूपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्रीले जनताका सेवकहरूले देश र जनताको हितमा काम गर्नुपर्ने बताए । ‘हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ । घमण्ड पलाउनु हुँदैन । घमण्ड मस्तिस्कमा पसेपछि अरु केही पस्न सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण