वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
बुधबार, ०३ पुस २०८१, ०२ : १२
काठमाडौं । युईएफए वुमन्स च्याम्पियन्स लिग अन्तर्गत चेल्सी वुमेनले रियाल मड्रिडलाई हराएको छ । रियालको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीका लागि क्याटरिना माकारियोले दुबै गोल पेनाल्टीमा गरिन् । सुरुवाती अग्रता भने रियाल मड्रिडले लिएको थियो । रियालका लागि क्यारोलिन वाइरले गोल गरेकी हुुन् ।
समूह बीमा रहेका यी दुईले अघिल्लो चरण प्रवेशमा आफुलाई सुरक्षित गरेका छन् । समूहका शीर्ष दुई टोली अघिल्लो चरण पुग्ने नियम छ । ६ खेलबाट चेल्सीको १८ अंक हुँदा रियालको १२ अंक छ । अपराजित चेल्सीको यो लगातार छैटौं जित हो भने रियालले समूह चरणका दुई खेल गुमाएको छ । चेल्सी एक खेल बाँकी हुँदै समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा रियाल समूह उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण