पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि प्रतिवादी
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशेलाई पनि प्रतिवादी कायम गरिएको छ । पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले रातोपाटीलाई जानकारी दिइन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ८ जना कम्पनीसहित ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईलाई सम्पत्ति जफत प्रयोजनको लागी प्रतिवादी कायम गरिएको छ ।
कुल प्रतिवादी मध्ये २३ जना फरार छन् । पक्राउ परेका मध्ये ५ जना हिरासतमा र ३ जना कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण