‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । अमेरिकामा ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आयोजना गर्न थालिएको हो । कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपालले एक कार्यक्रम गर्दै जानकारी दियो ।
यस अगाडि गरिएको कार्यक्रमले आफूलाई हौसला मिलेका कारण थप कार्यक्रम गर्न लागेको फ्लाइ नेपालका अध्यक्ष विनोद अधिकारीले बताए । उनले भने, ‘हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजिता श्रेष्ठ लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
गायिका लम्सालले आफू लगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतिको तयारी गरिरहेको बताइन् । उनले भनिन्, ‘हामीले अन्य स्थानमा गरिरहेको प्रस्तुतिभन्दा फरक तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउने तयारी गरिरहेका छौँ । यो साङ्गीतिक यात्रा रमाइलो र रमणीय हुनेमा विश्वस्त छौँ ।’
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण