सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् । सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताएका हुन् ।
समितिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै जवाफ दिनुपर्ने माग गरेका थिए । यस्तै एमाले सांसद योगेश भट्टराईले सभापतिमाथि विषय उठिसकेपछि त्यसको जवाफ दिनुपर्ने बताएका थिए ।
त्यसको जवाफमा सभापति पोखरेलले भने, मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।
बैठकमा एमाले सांसद गोकुल बास्कोटा र कांग्रेस सांसद राजेन्द्र केसी सभापति पोखरेलको बचाउ गरेका थिए ।
यस्तै सभापति पोखरेलले बैठक बसेन भनेर बाहिर आएको भन्दै १४५ बैठक कसरी बस्यो भन्दै प्रश्न गरे ।
माओवादी सांसद मोदीको जवाफमा सभापति पोखरेलले दलको निर्णय र सहमति मान्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी