सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् । सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू कानुनमा विश्वास गर्ने बताएका हुन् ।
समितिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै जवाफ दिनुपर्ने माग गरेका थिए । यस्तै एमाले सांसद योगेश भट्टराईले सभापतिमाथि विषय उठिसकेपछि त्यसको जवाफ दिनुपर्ने बताएका थिए ।
त्यसको जवाफमा सभापति पोखरेलले भने, मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।
बैठकमा एमाले सांसद गोकुल बास्कोटा र कांग्रेस सांसद राजेन्द्र केसी सभापति पोखरेलको बचाउ गरेका थिए ।
यस्तै सभापति पोखरेलले बैठक बसेन भनेर बाहिर आएको भन्दै १४५ बैठक कसरी बस्यो भन्दै प्रश्न गरे ।
माओवादी सांसद मोदीको जवाफमा सभापति पोखरेलले दलको निर्णय र सहमति मान्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण