न्यूजिल्याण्डले मानेन कुक टापुका लागि छुट्टै राहदानी बनाउने प्रस्ताव
वेलिङटन । प्रशान्त महासागरमा रहेको कुक टापुले आफ्ना नागरिकका लागि छुट्टै राहदानी बनाउन न्यूजिल्याण्ड सरकारलाई प्रस्ताव गरेको थियो । तर यो प्रस्तावलाई न्यूजिल्याण्ड सरकारले अस्वीकार गरेको छ ।
कुक टापुका नागरिकहरूले न्यूजिल्याण्डमा बस्न, काम गर्न र त्यहाँका स्वास्थ्य सेवाहरू प्रयोग गर्न सक्छन् । यहाँ छुट्टै प्रधानमन्त्री छन् । टापुका प्रधानमन्त्री मार्क ब्राउनले पहिचानको लागि टापुबासीका लागि छुट्टै पासपोर्ट राख्न दिन भनेका थिए ।
तर कुक टापु पूर्ण रूपमा स्वतन्त्र नभएसम्म यो सम्भव नहुने न्यूजिल्याण्डले बताएको छ । ब्राउनले महिनौँ देखि टापुका नागरिकहरूको लागि छुट्टै राहदानी र नागरिकताको लागि न्यूजिल्याण्ड सरकारलाई दबाब दिँदै आएका थिए । छुट्टाछुट्टै नागरिकताको विषयलाई लिएर दुईबीच तनाव बढ्दै गएको समाचारहरू पनि आइरहेका छन् । पछिल्ला महिनाहरूमा दुई देशका नेताहरूले धेरै पटक वार्ता गरेका छन् ।
कुक टापु एक स्व–शासित टापु राष्ट्र हो । यो न्यूजिल्याण्डको ‘स्वतन्त्र संघ’मा पर्छ । टापुको विदेश मामिला र रक्षाको जिम्मेवारी न्यूजील्याण्डको हो । कुक टापुमा करीब १५ हजार मानिस बस्छन् । तर यहाँका झन्डै एक लाख मानिस न्यूजील्याण्डमा बस्दै आएछन् ।
वास्तवमा, न्यूजिल्याण्डमा कम्तीमा एक वर्षसम्म लगातार बसेका मानिसहरूले न्युजिल्यान्डको चुनाव र जनमत संग्रहमा भाग लिन वा मतदान गर्न पनि सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण