पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुईजना पक्राउ
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी मिना गुरुङ र आरती गुरुङलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले रातोपाटीलाई बताए ।
पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।
पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । बुधबार उनीहरूलाई अदालतमा उपस्थित गराइने एसपी ओलियाले जानकारी दिए ।
सूर्यदर्शनको रकम अपचलनबारे कास्की जिल्ला अदालतमा बयान भइरहेको छ । यसअघि पक्राउ परेका ५ जना मध्ये पूर्वडीआईजी छविलाल जोशीको बयान पुरा भएको छ । लिला पछाईंको बयान सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण