दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव
सोल । दक्षिण कोरियामा विपक्षी दलका सांसदहरूले त्यहाँको प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् । राष्ट्रपति यून सुक येओललाई संसद्ले महाभियोग लगाएको दुई हप्ताभन्दा कम समयमा उनीमाथि पनि महाभियोग दायर भएको हो ।
मुख्य विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी)ले नियुक्त गरेको व्यक्तिलाई हानले संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न नमानेपछि घटनाक्रमले यो मोड लिएको हो । हानले आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा नभएर कार्यवाहक विद्रोही देखाएको डीपीका फ्लोर नेता पार्क चान–दाएले बिहीबार भनेका थिए । डिसेम्बर ३ मा युनले मार्सल ल लागू गर्दा सोमा सघाएको आरोप पनि विपक्षी दलले हानमाथि लगाएको छ ।
मार्श ल रोक्न असफल भएकोमा हानले सुरुमा माफी मागेका थिए । मार्सल ल बारे यूनमाथि विशेष अनुसन्धान थाल्ने प्रस्ताव समेत हानले विपक्षी दलका कयौँ विधेयकविरुद्ध भिटो लगाएका थिए ।
महाभियोगविरुद्ध २४ देखि ७२ घण्टाभित्र मतदान हुने भनिएको छ । प्रस्ताव पारित हुन् ३०० मध्ये १५१ सांसदको मत चाहिएको छ । संसदमा अहिले डीपीको १७० सिट छ । सबै विपक्षी दलको समेत गर्दा संसदमा १९२ सिट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण