अहिलेको सरकार समीकरणको हो, सत्ता गठबन्धनको होइन : प्रधानमन्त्री ओली
आइतबार, १४ पुस २०८१, १८ : ३२
वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार समीकरणको सरकार रहेको बताएका छन् । नेकपा एमाले पर्साले आइतबार आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार सत्ता गठबन्धनको नभइ समीकरणको सरकार भएको दाबी गरे । उनले भने, ‘तपाईंहरुलाई सत्ता गठबन्धन भन्ने बानी भइसकेको छ । तर अहिलेको सरकार नेपाली कांग्रेस, एमालेको संयुक्त सरकार हो । यो समीकरणको सरकार हो । त्यसकारण यसलाई सत्ता गठबन्धन भन्न मिल्दैन ।’
प्रधानमन्त्री ओलीले देशमा म्याजिक नम्बर भएकाहरूले ठुला पार्टीहरूलाई खेलाउने भएपछि स्थिरताका लागि ठुला दलहरू एक भएको बताए । देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त गरेर मुलुकको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण