सदाय समुदायका बालबालिका जन्मदर्ताबाट वञ्चित
सिरहा । सुखिपुर नगरपालिका ६ बडहरीका मधुरीया सदाको करिब ७० वर्ष उमेरमा नेपाली नागरिकता नबनी दुई वर्ष अघि निधन भयो। नागरिकता नबन्दै मृत्यु भएकाले उनको श्रीमती, छोरा नथुनिया र बुहारी सोमनी पनि नागरिकताविहीन छन्। आफ्ना अग्रजहरुको नागरिकता नभएका कारण उनका चार जना नाति, नातिनीले पनि जन्म दर्ता र नागरिकता बताउन पाएनन्। यतिमात्र हैन अहिले मधुरीको नाति र नातिनाका सन्तानको पनि जन्म दर्ता हुन सकेको छैन।
मधुरीयाका छोरा ५० वर्षीय नथुनीया र बुहारी दिपनी सदायका २ छोरा र १ छोरी छन्। उनीहरू कसैको जन्म दर्ता छैन। कान्छो छोराको रवीन्द्रको दुई महिना अघि एक छोरा जन्मिएको छ। उनको पनि जन्म दर्ता हुन सकेको छैन।
छोरी रिना सदायको पाँच वर्ष अघि सिरहाकै गोलबजार नगरपालिका १० धोवियाधारका दिपीन्दर सदासँग विवाह भएको छ। उनका ३ वर्षको छोरी खुशबु र १ वर्षको छोरा आरएन छन्। छोरीको गाउँमै आएको विशेष शिविरमा जन्म दर्ता भएपनि छोराको जन्म दर्ता हुन सकेको छैन। रिनाको माईतिपक्षका तीन पुस्ता नागरिकता विहीन हुँदा उनका सन्तान जन्मदर्ताबाटै वञ्चित हुन परेको छ।
गोलबजार नगरपालिका ६ का मुक्ति र अनिता सदायको दुई वटा सन्तान जन्म दर्ता विहीन छन्। आफ्नै नागरिकता नभएपछि ९ वर्षीय छोरा प्रल्हाद र ७ वर्षिया छोरी खुशवु जन्म दर्ता विहीन भएका हुन्। मुक्ति आफू मात्र हैन उनका बुवा कजवा र आमा परमबत्ति सदाय पनि नागरिकता विहीन छन्।
माथि उल्लेखित विवरण तराईका मुसहर समुदायका प्रतिनिधि उदाहरण पात्र मात्र हुन्। सिरहाका सदायहरुकै नेतृत्वमा सञ्चालित गैरसरकारी संस्था सवरी संकल्प समाज गोलबजारले गरेको नमूना सर्बेक्षणमा उमेर पुगेका ८ सय ८२ जना व्यक्तिहरू नागरिकताविहीन रहेको देखिन्छन्। जसमध्ये महिलाको सङ्ख्या जम्मा ५ सय १३ जना र पुरुषको सङ्ख्या जम्मा ३ सय ६९ जना रहेको छ।
जन्मदर्ताको अवस्थापनि यस्तै विकराल छ। जसको आधिकारिक सर्वेक्षण हुन नसकेपनि मुसहर समुदायमामात्रै पनि ठूलो संख्याका बालबालिकाको जन्म दर्ता हुन सकेको छैन। नेपालका २७ जिल्लामा छरिएर रहेका मुसहर समुदायको जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ रहेको छ, भने मधेस प्रदेशमा २ लाख ४७ हजार ५ सय ५५ रहेको छ। जसमा अहिले पनि ४० प्रतिशत मुसहर समुदाय नागरिकताविहीन रहेका छन्।
गरिबीको चरम रेखामा रहेका मुसहर समुदायको राज्यको अंगहरुमा सहज पहुँच छैन। जसका कारण उनीहरूले त्यहाँबाट पाउने सेवापनि सहज रूपमा पाउन सकिरहेको छैन। जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था, जटिल तथा उल्झनयुक्त कानुनी प्रक्रियाका कारण उनीहरूका सन्तानको जन्म दर्ता हुन सकिरहेको छैन। जन्म दर्ता नहुँदा राज्यबाट प्राप्त हुने बाल पोषण कार्यक्रम, विद्यालय भर्ना तथा विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमबाट वञ्चित हुनु परेको छ।
चुनावका बेला सबै समस्या छिनभरमै समाधान गर्ने बचन दिने नेताहरू चुनाव पछि मुख देखाउन नआउने नरहाका ३ का विल्टिदेवी सदाय बताउँछन्। उनी भन्छन्, ‘सधैँ भोट बैंकको रुपमा मात्र हेरिने हामी मुसहर समुदाय राज्यको सबै सेवाबाट बञ्चित हुनु परेको छ। व्यक्तिगत घटना दर्तामात्र हैन। शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानी सवैबाट हामीलाई बञ्चितीकरण गरेको छ।’
उनले आफूहरू वडा कार्यालयमा जन्म दर्ता गराउन जाँदा आमा, बुबाको नागरिकता खोज्नेजस्ता समस्याका कारण धेरै बच्चाहरूको जन्म दर्ता रोकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण