क्यानले माग्यो १७ कर्मचारी
बिहीबार, १८ पुस २०८१, ०८ : ५७
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
दरखास्त फारामसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आफूले प्राप्त गरेको उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणित प्रतिलिपिहरूका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेस गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण