भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूद्वारा आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । सरकारले लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महासंघका महासचिव रोशन दाहालले यही पुस २७ गते राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने बताए । 'सरकारसँग पटक-पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ,’ सचिव दाहालले भने, ‘दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ ।’
साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको उनले बताए । यसै गरी सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।
पटकपटक भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी पाउन नसकेको र अब आन्दोलनबाहेक विकल्प नभएको दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण