भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूद्वारा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । सरकारले लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महासंघका महासचिव रोशन दाहालले यही पुस २७ गते राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने बताए । 'सरकारसँग पटक-पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ,’ सचिव दाहालले भने, ‘दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ ।’
साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको उनले बताए । यसै गरी सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।
पटकपटक भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी पाउन नसकेको र अब आन्दोलनबाहेक विकल्प नभएको दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो