कुनै बालबालिकाले सचिनको नियति भोग्न नपरोस् : गायक शिव परियार
बिहीबार, १८ पुस २०८१, १३ : ५४
काठमाडौँ । गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर बताएका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।
गायक शिव परियारले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण