कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
पोखरा । सूर्यदर्शन सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा बहस चलिरहेको छ । प्रतिवादीले अनुसन्धानका क्रममा बयान दिँदा बचत अपचलनबारे आफूलाई थाहा नभएको दाबी गरेका छन् । उनीहरू सबैजसोले घटना ‘थाहा छैन’ भनेपछि अदालतमा बहस गर्ने कानुन व्यवसायीले उक्त शब्दलाई संगठित अपराधको कोड भाषा हुन सक्ने तर्क गरेका छन् ।
पीडितका पक्षबाट कानुन व्यवसायी वेदबहादुर (बीबी) विष्टले संसारभर संगठित अपराधमा कोड भाषा प्रयोग हुने भएकाले यो घटनामा पनि ‘थाहा छैन’ कोड भाषा हुन सक्ने जिकिर लिए । ‘बारम्बार मलाई थाहा छैन । मलाई थाहा थिएन । मलाई थाहा हुने कुरा भएन । म निर्दोष छु भन्नुभएको छ’, उनले भने, ‘संसारभरिको संगठित अपराधलाई केलाएर हेर्दा कोड ल्याङ्वेज प्रयोग गर्ने गरिन्छ । कतै यो कोड ल्याङ्वेज त होइन ?’
विष्टले सेयर सदस्य नबनी ऋण लिनु र ऋण तिर्न सहकारीलाई चेक काट्नु नै गलत भएको बताए । ‘सूर्यदर्शनमा गएको छु ? गएको छैन । सेयर सदस्य हुँ, अहँ होइन । सही गरेर ऋण लिएको छु ? अहँ छैन । हो त्यही भएर ठगी भयो,’ उनले बहसमा भने, ‘ऋण लिन पाइन्छ । तर, सहकारीको सदस्य हुनुपर्यो । १ लाख १२ हजारका दरले १४ वटा चेक सूर्यदर्शन सहकारीका नाममा काट्नुभएको छ । ऋण लिएको पैसा फिर्ता गर्न पाइन्छ । तर, किन नस्वीकारेको ?’
उनले राम्रा कामको आडमा अपराध लुकाइएको तर्क गरे । ‘भरभराउँदो उमेरमा साँच्चै राम्रो काम पनि गर्नुभएको छ । त्यसप्रति सम्मान गर्नुपर्छ,’ उनले भने, ‘राम्रो कामको आडमा गरेको अपराधलाई किन लुकाउन खोजेको ? गल्ती जसले पनि गर्न सक्छ । गल्ती भयो भन्ने स्वीकार गर्नुपर्छ । ढाँट्न लागेपछि ठगी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण