यी पाँच सुन्दर अभिनेत्री, करोडौं कमाए पनि भाडाको घरमा बस्छन्
मुम्बई – बलिउड चर्चाको हिसाबले मात्र होइन । आम्दानीको हिसाबले पनि राम्रो मानिन्छ । अधिकांश अभिनेत्रीहरु बलिउडबाट करोडौको कमाई गर्दछन् । तर पनि भाडको घरमा रहँदै आएका छन् । भाडाको घरमा रमाउने बलिउडमा पाँच अभिनेत्री :
नरगिस फाखरी
रणवीर कपुर जस्तो सुपरहिट अभिनेताका साथ आफ्नो पहिलो चलचित्र बनाउने नरगिस फखरी बलिउडमा राम्रो कमाउने अभिनेत्री मध्येकी एक पनि हुन् । यी अभिनेत्रीले ‘रकस्टार र ‘हाउसफुल’ जस्ता हिट चलचित्रमा काम समेत गरेकी छिन् । तर पनि उनी अहिलेसम्म भाडाको घरमा बस्छिन् ।
इलियाना डिक्रुज
राम्रो कमाउ अभिनेत्रीमा इलियानाको नाम पनि सबै अगाडी आउँने गर्दछ । उनले अभिनय करियरको सुरुवात अंधेरीस्थित एक भाडाको घरबाट गरेकी थिइन् । हिट अभिनेत्री भइसक्दा पनि उनी त्यही घरमा अझे भाडामा बस्दै आएकी छन् ।
ज्याकलीन फर्नाडिस
निकै सुन्दर अभिनेत्री ज्याकलीनको पनि हालत त्यस्तै छ । उनी पनि भाडाको घरमा बस्छिन् भन्दा जो कोहीलाई पत्याउन गाहे पर्न सक्छ । उनी जति नै कमाई भएपनि भाडाको घरमा बस्दै आएकी छन् । एक प्रोजेटबाट करोड थाप्ने ज्याकलीन बान्द्र स्थित एक घरमा भाडामा बस्दछिन् ।
कट्रीना कैफ
सलमान खानकी एक्स गर्ल फ्रेण्ड कट्रीनाको बलिउडमा बैग्लै पहिचान छ । उनी पनि महिनामा करोडौ कमाउने अभिनेत्री हुन् । पछिल्लो केही बर्षदेखि उनी अर्का एक्स ब्वाइफ्रेण्ड रणवीर कपुरका साथ कार्टर रोड स्थित सिल्वर सेड अपार्टमेन्टमा भाडामा बस्दै आएकी छन् ।
ऋचा चड्डा
केही चलचित्रमा दमदार भुमिका निभाएका कारणले सबैको दिलदिमागमा राज गर्न सफल अभिनेत्री ऋचा थुप्रै पुरस्कारबाट पनि सम्मानित भएकी छन् । उनी मुम्बइको बर्साेवा इलाकाको एक घरमा करिब सात बर्षदेखि भाडामा बस्दै आएकी छन् । उनी अहिले आफ्ना लागि एक आलिसान घरको खोजि गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण